२०८१ साल माघ ७ गते सोमबार

उपनिर्वाचन : सप्तरीकाे डाक्नेश्वरीकाे २ वडाअध्यक्षका लागि १७ जनाएको उम्मेदवारी

राजबिराज, २ मंसिर । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडाकाे वडाध्यक्ष पदका लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचन सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदैछ । 

वडा नं १ मा २ जना स्वतन्त्रसहित ९ जना र वडा नं ४ मा ८ जनाले उम्मेदवारी दर्ता गरएको सहायक निर्वाचन अधिकृत ग‌ंगाकुमार मिश्रले जानकारी दिनुभएको ।


त्यसैगरी १ नम्बर वडामा वडाअध्यक्ष पदकाे लागि सुशिल साह र सिया कान्त चाैधरी, नेपाली काङ्ग्रेसबाट भुलिया देवी थरुनी, एमाले बाट भगबानी साह, जनता समाजवादी पार्टी नेपाल बाट धिरेन्द्र कुमार साह, नेकपा माओवादी केन्द्रबाट प्रमोद कुमार संत, जनमत पार्टी बाट शैलेन्द्र कुमार साह (तेली), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिश कुमार चाैधरी थारु र नागरिक उन्मुक्ति पार्टीबाट अनरुद प्रसाद चाैधरीले वडाअध्यक्ष पदकाेलागी उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी वडा नम्बर ४ मा  नेपाली काङ्ग्रेसबाट जाेगिन्द्र राय अमात, एमाले पार्टीबाट संजय कुमार यादव, जनता समाजवादी पार्टी नेपालबाट देवेन्द्र प्रसाद यादव, नेकपा माओवादी केन्द्रबाट भागवत राम, जनमत पार्टीबाट उदाय नारायण पंडित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम कुमार यादव, नागरिक उन्मुक्ति पार्टीबाट शिव कुमार राम र जनता समाजवादी पार्टीबाट रविन्द्र रायले वडाअध्यक्ष पदकाेलागी उम्मेदवारी दर्ता गराएकाे निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा डाकनेश्वरी नगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा निर्वाचित कांग्रेसका प्रितमलाल चौधरी र वडा नम्बर ४ मा वडाध्यक्षमा निर्वाचित कांग्रेसकै हरि रायको निधन भएका कारण दुवै वडामा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया