बिहिवार रिटर्नी फेडरेसन नेपाल सप्तरीको आयोजनामा सप्तरीकाे राजबिराज स्थित नेकपा एमाले पार्टीको सभाहलमा रिटर्नी फेडरेसन नेपाल सप्तरीकाे दाेस्राे जिल्ला अधिवेशन २०८१ सुरु भएको हाे ।
रिटर्नीकाे केन्द्रीय अध्यक्ष उत्तम अधिकारीकाे प्रमुख आतिथ्य तथा जिल्ला कमिटी अध्यक्ष यदुन्नदन यादवकाे अध्यक्षतामा सुरु भएको दाेस्राे जिल्ला अधिवेशनमा रिटर्नी फेडरेसनकाे बारेमा संस्थाकी केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज समेत रहेकी सरिता चाैधरीले जानकारी गराईन।
अधिवेशनकाे उदघाटन सत्रमा नेकपा एमाले पाेलिट व्युराे सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल, नेकपा एमाले केन्द्रीय सदस्य सरिता गिरि यादव, नेकपा एमाले जिल्ला अध्यक्ष ताराकान्त चाैधरी, नेपाल पत्रकार महासंघ सप्तरीको सहसचिव कृष्ण कुमार मण्डल, जिल्ला जनसंगठन समन्वय संयन्त्र सप्तरी प्रमुख दुर्गानन्द ठाकुरले आफ्ना मन्तव्य राखेका थिए भने रिटर्नीहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।