२०८१ साल भदौ २५ गते मङ्गलबार

सप्तरीको समग्र विकासको लागि स्वाभिमान यात्रा शुरु हुने

राजविराज, ६ माघ । समयअनुसार सप्तरी जिल्ला हरेक दृष्टिले पछि पर्दै गएको हुनाले यसकाे समग्र विकासको लागि सप्तरी स्वाभिमान यात्रा शुरु हुने भएको छ ।

शुक्रबार राजविराजमा स्वाभिमान यात्रा सम्बन्धि एक अन्तरक्रिया गरी यात्राकाे दाेरान सबैको साथ र सहयोग रहने प्रतिवद्धता सहितकाे समर्थन वक्ताहरुले दिदै यस यात्राकाे मास्टर माइन्डैड/ संयाेजक पुर्व सिचाइ मन्त्री उमेश कुमार यादवले शुरु गर्न लागेको हाे ।

कार्यक्रममा जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, सडक सबै क्षेत्रको अवस्था दयनीय बनिसकेको अवस्थामा सबै व्यक्ति यसतर्फ गम्भीर बन्नुपर्ने उनीहरुको भनाई थियो । यसबाहेक युवाहरु लागूऔषध र मदिराको लतमा फँस्नु एकदमै चिन्ताको बिषय भएको उनीहरुको भनाई छ । जिल्लामा समस्या रहेपनि यसको उत्थान गर्ने व्यक्ति नभएको र जनताको मतले निर्वाचित जनप्रतिनिधी आफ्नै स्वार्थमा रुम्लिरहँदा जिल्लाको अवस्था अझ कमजोर बन्दै गएको बक्ताहरुले बताए ।

जिल्लामा कन्या छात्रावास, स्मसान घाटसहित बिभिन्न संरचना निर्माण भएपनि प्रयोगमा आउन नसक्नु र स्थानीय सरकार समेत यसतर्फ ध्यान नदिनु चिन्ताको बिषय भएको उनीहरुले बताए ।

बक्ताहरुले शुरु हुने स्वाभिमान यात्राले मूलभूत समस्याहरुको पहिचान गर्दै समाधानको बाटोमा लाग्ने विश्वास व्यक्त गरे । उनीहरुले यसमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड् दिए ।

कार्यक्रममा राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिन, पूर्व मेयर शैलेश चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, इन्जिनियर इन्द्रनारायण देव, नागरिक समाजका बलराम यादव, बुद्धिजिवी देबेन्द्र मिश्र, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जसपा निकट महिला संघकी अध्यक्ष रमिला साह, रेन्जर सचेन्द्र यादव, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झा, लोसपा नेता दीपेन्द्र चौधरी, नेकपा माओवादी केन्द्रका छेदी रजक, प्रमिला साह, मोहम्द गन्नीसहितकाले अभियानलाई सफल बनाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा अभियानका संयोजक पूर्व मन्त्री उमेश यादवले आगामी माघ ९ गतेदेखि बलान बिहुल गाउँपालिकाबाट अभियान शुभारम्भ गर्न लागेको बताए । उनले अभियानका क्रममा हरेक टोल र वस्ती पुगेर समस्याबारे छलफल गरिने बताए ।

सप्तरीको १८ वटै पालिकामा यो अभियान संचालन गर्दै बीच–बीचमा सरोकारबालासँग छलफल समेत गरिने उनले बताए । समस्याबारे हरेक नागरिकलाई जागरुक हुनुपर्ने भन्दै उनले यसमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया