२०८१ साल माघ २७ गते अाईतबार

सप्तरी विचार उत्सव राजविराजमा सुरु

राजविराज, ३२ जेठ । मुलुकमा गणतन्त्र प्राप्तिसँग स्थापना भएकाे तीन तहकाे सरकार भएर पनि विकासकाे दृष्टिकोणले सप्तरी पछाडि परेकाे भन्दै आजदेखि राजविराजमा दुई दिने सप्तरी विचार उत्सव सुरु भएकाे छ ।

विणा फाउन्डेसनको आयोजना र छिन्नमस्ता गाउँपालिका, राजविराज नगरपालिका र सप्तरी युथकाे सह आयाेजनामा सुरु भएकाे उक्त विचार उत्सवकाे उद्घाटन सत्रका सहभागी स्थानीय राजनीतिकर्मी, सञ्चारकर्मी तथा नागरिक अगुवाहरुले विकासमा सप्तरी पछाडी पर्नु भन्दा नीति निर्माताबाट पछाडी पारेकाेप्रति दु:ख ब्यक्त गरे ।  

वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलले सधैं पछाडी पारिएकाे सप्तरीमा विकासकाे अनुभूति जनताले गर्ने गरि काम हुनुपर्नेमा जाेड दिए । 

शिक्षा, राजनीति, संस्कृति र विकास निर्माणका लागि भएका चुनौती र त्यसको व्यवस्थापनको विषयमा २ दिन विचार उत्सवमा आयाेजना भएकाे छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिदानन्द चौधरीले बताए । 

सप्तरीले मुलुकको राजनीति र व्यावसायिक परिवर्तन गरेको यथार्थलाई मनन गर्दै आगामी दिनमा कसरी सप्तरीको विकाश गर्ने भन्ने विषयमा विभिन्न सेसनमा बहस भएकाे थियाे । उक्त बहसमा सांसदहरु मनिस झा, सन्तोष परियार, योगेश भट्टराई, मनीष कुमार सुमन सहित वरिष्ठ पत्रकार टिकाराम यात्री, दिलभुषण पाठक,  श्री पाण्डे, अवधेशकुमार झा, विनयकुमार कर्ण, वैधनाथ यादव, सुधा देवसहितका मध्यस्थकर्ताकाे भुमिकामा सहभागी छन् ।

प्रतिक्रिया