राजबिराज, २० कार्तिक । सप्तरीको कंचनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
अघिल्लो दिन सोमवार दिउसो त्रियुगा नदीमा नुहाउन गएकी सोही वडाका श्रवण महतोकी ९ वर्षिया छोरी प्रतिमा र सुरेश सदाकी ८ वर्षिया छोरी जीतनीको डुबेर मृत्यु भएको थियो ।
दुबै जनाको शव सोमवार नै फेला परेपनि संगै गएकी श्याम कुमार खंगकी ८ वर्षिया छोरी काजल भने मंगलवार विहान मृत अवस्थामा भेटिएकी हुन ।घट्नास्थलबाट करिब एक किलोमिटर टढा ढृुङ्गामा अडकिएको अवस्था काजलको शव फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयाे ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गोताखोर टोलीले सोमवार दिउसो पनी वेपत्ता काजलको खोजी गरेको थियो । तर साझ पर्न थाले पछि रोकिएको खोजी कार्या मंगलवार विहान देखी पुनः सूरु गरिएको थियो । सोही क्रममा काजलको पनि शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
मृतक सबैको शव पोस्टमार्टमका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल लगेको प्रहरीले जनाएको छ ।