२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

गजेन्द्रनारायण सिंह अस्पतालमा २४ सैं घण्टा क्यानटिन संचालनमा

राजबिराज, २५ फाल्गुन । गजेन्द्रनारायण सिंह अस्पताल हाता भित्र २४ सैं घण्टा सेवा दिने गरी अस्पताल क्यानटिन संचालन भएको छ ।

अस्पताल प्रशासनले सबै खाले प्रशासनिक प्रकृया पुरा गरी शुक्रबारदेखि २४ सैं घण्टा निरन्तर क्यानटिन संचालन गरेको हाे ।

क्यानटिन संचालनले अस्पताल हाता भित्र विरामी तथा कुरुवाहरुलाई सहयोग हुनुकाे साथै ताजा र स्वच्छ किसिमको खाजा, नास्ता, खान लगायतका बिरामीलाई चाहिने उपयुक्त खानेकुराहरु गुणस्तरीय सस्तो र सुलभ मुल्यमा उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अबधेश मिश्राले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे यसले गर्दा अस्पतालमा भर्ना हुने बिरामी तथा कुरुवाहरुलाई पनि सहज हुनेछ । विस्तारै हामीले अस्पताल प्रशासनलाई सुधार गर्ने क्रममै छाै । अस्पताल ५० बेड बाट ३०० बेडमा स्तराेन्ती भए सप्तरी लगायत अन्य जिल्लाहरुकाे बिरामीले पनि लाभ लिने कुरा मेसु मिश्राले बताउनु भयो ।


प्रतिक्रिया