राजबिराज, ०३ चैत । सप्तरीको राजविराज नगरपालिका स्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा भएको आगलागीबाट ३५ लाख बढीको क्षति भएको छ।
शनिबार भएको आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, ४ वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३५ लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए ।
स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाकाे वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो।
आगलागीको कारण खुलन नसकेको र घटनाबारे थप अनुसन्धानकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।