२०८१ साल माघ ७ गते सोमबार

राजबिराजमा रथयात्रा निकाल्यो

राजबिराज, ११ भदौ । सप्तरीको राजबिराजमा मंगलबार कृष्णजन्माष्टमीको अवसरमा रथयात्रा निकालिएको छ । 



श्री कृष्ण महारथयात्रा मूल समारोह समिति तथा स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागितामा रथयात्रा निकालिएको हो ।


रथयात्रा राजबिराज नगरपालिकाको विभिन्न मुल सडक तथा बाटोहरु परिक्रमा गरी पुन: सोही ठाउँमा पुगेर समापन गरिएको थियो । उक्त यात्रामा करिबकरिब १० हजार श्रद्धालु भक्तजनहरुकाे सहभागिता रहेको आकलन गरिएको छ ।


कृष्णजन्माष्टमीको दिन आउने हरेक वर्ष अब कृष्णमन्दिरबाट विभिन्न झाँकीसहितकाे रथयात्रा निकालिने आयोजक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया