कृष्ण मण्डल
राजबिराज , २० मंसिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचन बाट निर्वाचित धिरेन्द्र कुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेकाे छ ।
स्थानीय एक युवतीलाई ज्यान मारेको र उसेकाे भाईलाई अपहरण समेत गरेको आराेपमा बिहीबार डाक्नेश्वरी १ काे वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमकाे मञ्चबाटै सप्तरी प्रहरीले साहलाई पक्राउ गरेको हाे ।
पक्राउ गरी जिल्लाकाे कल्यानपुर प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान कार्यभईरहेकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल बाट साहले ६ सय ५२ मत प्राप्त गरी विजय हुनुभएको थियोे ।