२०८१ साल चैत ९ गते अाईतबार

कानून निर्माण गर्दा तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक : मन्त्री लेखी

राजबिराज , १३ माघ । मधेश प्रदेशका गृह, संचार  तथा कानुन मन्त्री राजकुमार लेखीले कानुन बनाउँदा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय हुनु जरुरी रहेको बताउनु भयो ।

आईतवार सप्तरीकाे राजबिराजमा मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालद्वारा आयोजनामा गरिएको दुई दिने स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै मन्त्री लेखीले साे कुरा बताएका हुन ।

समय अनुकुल मुलुकमा आएको परिर्वतन अनुसार तीनै तहको सरकारको व्यवस्था गरिएको बताउँदै उहाँले एक तहले बनाउने कानुन अर्को तह संग बाझ्‌ने अवस्था नआओस भन्नका लागी पनि समन्वय आवश्यक रहेको बताए । 

संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनु पर्ने भन्दै उनले यही उदेश्यका लागी धनुषाबाट  शूरु गरी दोश्रो चरणमा यो कार्यक्रम सप्तरीमा संचालन गरिएको जानकारी दिनुभयाे । मन्त्री लेखीले मधेश प्रदेश सरकारले हाल सम्म ६४ वटा कानुन निर्माण गरिसकेको जानकारी दिदै स्थानीय तहले कानुन बनाउँदा प्रदेश सीत समेत नबाझ्‌ने गरी बनाउन आग्रह गरे । 

“हामीहरुले समावेशी राज्यको कुरा गर्छौं, राज्यका हरेक निकाय समावेशी हुनु पर्र्छ भन्छौ, मन्त्री लेखीले भने—“तर राज्य र सरकारमा जाने दलहरु आफैले समावेशी चरित्र र स्वरुप देखाउन सकेका छन की छैनन ? यता तर्फ पनि समिक्षा हुनु जरुरी छ ।”

मन्त्रालयका उप सचिव गणेश नायकले कार्यक्रमको उदेश्य बारे प्रकास पारेका थिए । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा जिल्लाका १८ वटै पालिका उप—प्रमुख/उपाध्यक्ष, पालिकाको न्यायिक समितिका सदस्य, कानुन व्यवसायी लगायतको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया