२०८२ साल असार ९ गते सोमबार

राजबिराज, जनकपुरपछि भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा समस्या

काठमाडौं, ३१ भदौ । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।

यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो । जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।

अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

त्यसैगरी आइतबार काठमाडौबाट राजबिराज गएको जहाजमा समस्या देखिएकोले राजबिराज विमानस्थलमै हाेल्ड गर्नु गरेको थियोे भने आइतबार साझ नै काठमाडौंबाट जनकपुरकाे लागि उडेको बुद्ध एयरको जहाज घण्टाे अकासमै हाेल्ड पछि अवतरण गरिएको थियो ।

प्रतिक्रिया