राजबिराज, २२ पुस । ‘पैसा डबल गरीदिने’ प्रलोभन देखाएर दर्जनौं ब्यक्तिबाट लाखौं रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा बस्ने हनुमानी भनिने राम बहादुर रजकलाई सप्तरी प्रहरीले साेमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
आईतबार हनुमानीलाई निजको गाँउबाटै पक्राउ गरेको
सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
हनुमानी विरुद्ध एक जना पीडितले प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए संगै फरार रहेका उनलाई सुराकीको आधारमा आईतवार साझ पक्राउ गरिएको एसपी खतिवडाले जानकारी दिनुभयो ।
वर्षौदेखि ठगी धन्दामा संलग्न राम बहादुर रजकद्वारा ठगिएको व्यक्तिहरुलाई प्रहरीमा सम्पर्क राख्न समेत एसपी खतिवडाले आग्रह गरे ।
उक्त सम्मेलनमा केही हुण्डी कारोबारीलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बाढाएको जानकारी दिदै २०८१ आस्विन १७ यताको घटना तथा सोको निदान र प्रगति बिवरण समेत सार्वजनिक गर्नुभयो ।