राजबिराज , १५ बैशाख । सप्तरीको राजबिराज करागारबाट चोरी मुद्धामा पुरपक्षको लागी थुनामा सजाय भोगी रहेका एक जना थुनवा भागेका छन् ।
जिल्लाकाे शम्भुनाथ नगरपालिका ११ बस्ने सुक्रेल खंगको छोरा बर्ष ३५ को रमानन्द मण्डल फरार भएको हाे ।
करागारबाट राति के-कुन समयमा, के- कसरीभागे भनी आज बिहानै मात्रै जानकारी भएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
करागारकाे पर्खालबाट हाम फालेर भागेकाे हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान कार्य भईरहेकाे एसपी खतिवडाले जानकारी दिनुभयो । राेचक कुरा के छ भने राजबिराज कारागारमा सिसिटिभी क्यामेरा जडान भएको छैन ।