२०८२ साल ब‌ैशाख १७ गते बुधबार

बरामद गरेको ३८ क्विन्टल गाँजा प्रहरी द्वारा नष्ट

राजबिराज, ०९ चैत । सप्तरी प्रहरीले लगातार दुई दिन देखि जिल्लाकाे विभिन्न स्थानबाट बरामद गरेको ३८ क्विन्टल १५ किलो  गाँजा नष्ट गरेको छ ।


शनिबार दिउँसो १३ क्विन्टल ९६ किलाे गाँजा नष्ट गरेकाे छ भने शुक्रबार पनि २४ क्विन्टल १९ किलाे लागुओैषध गाँजा राजविराज नगरपालिका १५ स्थित रहेको खाँडो खोलाकाे बगरमा नष्ट गरेको हाे ।


जिल्लाकाे बलानबिहुल गापाकाे बलानपट्टी बाट पुस २७ गते ६ क्विन्टल ७० किलो र बाेदेबरसाईन नगरपालिकाबाट ७ क्विन्टल २६ किलो बरामद गरेको गाँजालाई शनिबार र फागुन १९ गते राजबिराज नगरपालिका ९ मलेठबाट बरामद गरेको २४ क्विन्टल १९ किलो गाँजालाई शुक्रबार नष्ट गरेकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । 


प्रतिक्रिया