२०८१ साल भदौ २६ गते बुधबार

छिन्नमस्ताका अध्यक्ष चाैधरी कमिसन आउने काममा व्यस्त : पुर्व मन्त्री यादव

राजबिराज, १९ फाल्गुन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यान्नद चाैधरीले कमिसन आउने काम मात्रै गर्ने गरेको छ ।

छिन्नमस्ता गाउँपालिकाकाे आफै मतदाता समेत रहनु भएको पुर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले यस्तो गम्भीर आराेप लगाउनु भएको हाे ।

पालिका स्तरीय गाेरवकाे आयोजनाहरु एउटा पनि गर्ने नसकेको, पालिकाकाे आफ्नै भवन बनाउन नसकेको, स्थानीय पाठयक्रम लागु गर्न नसकेको लगायतका  जनताको हकहितमा र प्रत्यक्ष लाभ हुने कुनै पनि कार्य नगरेको पुर्व मन्त्री यादवले मधेस मिरर संगकाे छलफलमा बताउनु भयो ।

झुठ र भ्रमकाे खेति गर्नमा माहिर देखिएका अध्यक्ष चाैधरीले सेटिंगकाे भरमा कमिसन आउने याेजनाहरु आफ्नै दाजु, भाई, नाता, कुटुम्ब र नजिककाे मान्छे समेतलाई परिचालन गरी जनताले तिरेको करकाे पैसालाई कुमल्याउने काम मात्रै गरेको गुनासाे समेत गर्नुभयो ।

आराेप लगाउदै उहाँले भन्नुभयो - पुर्व छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनरायण मण्डल (कुरुर) अहिलेकाे युवा अध्यक्ष भनिने  विद्यान्द चाैधरी भन्दा लाखौं गुणा राम्रो थियोे । बरु उहाँले अर्बौं रकम जाेगाई दिनुभयाे ताकि  मपछि आउने अध्यक्षले राम्रो काम गराेस तर त्यसको ठिक उल्टाे भयो, जसकाे लाभ अहिले चाैधरीले सेटिङ्गकाे भरमा लिइरहेको बताउनु भयो ।

त्यस्तै डाेरहाजरीमा आसेपासेलाई तलब खुबाउने गरेको जसकाे काम भने सस्तो लाेकप्रियताकाे लागि समाजिक सञ्जालका फेक आइडिबाट बाहबाही कमाउनलाई प्रयोग गरेको पनि पाईएकाे छ । 

उक्त कामहरुलाई नेकपा माओवादी पार्टीबाट निर्वाचित भएका उपाध्यक्ष र वडाअध्यक्षहरु समेतले मलजल गर्ने गरेको आराेप लगाउनु भएको छ । यस विषयमा गापा अध्यक्ष चाैधरी संग सम्पर्क गर्दा उहाँको फाेन उठेन ।

गाउँपालिकामा यस्तो बेथिती राेकन नेकपा माओवादी पार्टीले केही हप्तामा नै यसकाे विरुद्ध ठुलाे प्रतिकार गर्ने कुरा चेतावनी समेत दिनुभयो । 


प्रतिक्रिया