२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

गजेन्द्रनारायण ओैद्योगिक क्षेत्रमा उद्योग संचालनका निमित्त बैशाख २१ बाट महायज्ञ

कृष्ण मण्डल 

राजबिराज , १२ बैशाख । गजेन्द्रनारायण सिंह ओैद्योगिक क्षेत्रमा उद्योग कलकारखाना संचालनमा ल्याउन नेपालमै दाेस्राै तथा सप्तरीमा पहिलोपटक श्री सीताराम नाम १००८ मण्डपीय सकिर्तन एवं श्री रामचरित मानस ९ दिवसिय महायज्ञ हुने भएको छ ।

शुक्रबार ओैद्योगिक क्षेत्रमा संरक्षक एवं यज्ञकर्ता श्री श्री १००८ श्री जगत नन्दन दास जी महाराज (पगला बाबा) ले एक पत्रकार सम्मेलन गरी यस्तो कुरा बताएका हुन । 


ओैद्योगिक क्षेत्रकाे जमिनमा रहेकाे दाेषबाट मुक्ति दिलाउन शुद्धीकरण स्वरुप याे महायज्ञ आयाेजना गरिएकाे यज्ञयकर्ता पगला बाबाले जानकारी दिए ।

विश्व शान्ति, एकता, अखण्डता एवं सुदृढ नेपालका लागि जगत जननी जानकी माताकाे जन्माेत्सवकाे पावन अवसरमा यहि बैशाख २१ गते आईतवार देखी ९ दिन सम्म महायज्ञ संचालनमा रहनेछ ।


करिब ३ कराेड ३६ लाख अनुमानि लागत खर्च हुने यस महायज्ञमा एक हजार आठ मण्डपमा किर्तन मण्डली, हनुमान आराधना मण्डली, बृन्दाबनकाे राशलिला, रामलिला, रामचरित्र मानस पाठ, उच्चकाेटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन रहने पगलाबाबाले जानकारी दिए ।

महायज्ञलाई सफल बनाउन मधेस प्रदेशका मुख्यमन्त्री शतिस कुरमार सिंहकाे सहयोगमा जग्गा उपलब्ध भएको साथै थप साथ सहयोगकाे लागि सप्तरीका १८ वटै स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय सप्तरी, सुरक्षा निकाय लगायत सम्पुर्ण सप्तरीबासी लाई तन, मन, धनले आवश्यक सहयोग गरी सम्पन्न गराउन रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उक्त पत्रकार सम्मेलन मार्फत आग्रह गर्नु भएको छ ।


विस. २०५६ सालमा धनुषामा पहिलोपटक यस्तो प्रकृतिको महायज्ञ भएको थियोे र दाेस्राे पटक अहिले सप्तरीमा हुन गईरहेकाे जानकारी गराउदै यसमहायज्ञलाई सफल बनाउन विभिन्न ९ बटा समिति उपसमिति पनि बनाएको छ ।


पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, सप्तरी जिल्ला अध्यक्ष दिपेन्द्र चाैधरी लगायत दुई दर्जनभन्दा बढी सहयोगी व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया