२०८१ साल चैत ९ गते अाईतबार

नेपालको विश्वकप यात्रा जितबिना समाप्त

काठमाडौं, ३ असार । टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको छ।

टस जितेर सुरुमा फील्डिङ गरेको नेपालले बाङ्ग्लादेशलाई १०६ रनमा अलआउट गर्दा नेपालका समर्थकहरू आशावादी भएका थिए। तर दोस्रो इनिङ्समा नेपालले अपेक्षित ब्याटिङ गर्न सकेन र १९.२ ओभरमा ८५ रनमै अलआउट भयो। 

योसँगै नेपालको यसपालिको विश्वकप यात्रा जितबिना समाप्त भएको छ। 

यसअघि विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अङ्क पाएको थियो। दक्षिण अफ्रिकासँगको तेस्रो खेलमा विजयको नजिक पुगे पनि नेपालले १ रनले उक्त जित गुमाएको थियो।

बाङ्ग्लादेशले हालसम्म समूह चरणका ४ खेलमध्ये ३ जितेको छ र १ मा हार बेहोरेको छ। 

प्रतिक्रिया