राजबिराज , ४ फाल्गुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित तिलाठीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु भएको छ ।
शुक्रबारबाट शुरु भएको कुस्ती प्रतियोगिता अगामी ३ दिन सम्म दिउँसो १ बजेबाट हुनेछ ।
प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थान गरी २० जोडी पहलवानहरुले प्रतिस्पर्धा गर्नेछन् ।जसको फाइनल खेल आइतबार हुने कुरा समितिले जनाएको छ ।
सहिद साकेत चन्द्र मिश्रकाे स्मृतिमा हरेक वर्ष कुस्ती(दगंल) प्रतियोगिता तिलाठीको पाठशाला प्रागंणमा हुँदै आएको छ ।
प्रत्येक वर्ष सरस्वती पूजाको अवसरमा पाँच दिने मेला आयोजना हुने गर्छ । जसमा कुस्ती प्रतियोगिता, जिल्ला स्तरीय नृत्य, रात्रीकालिन नाटक तथा सांस्कृतिक कार्यक्रमहरू समेतको आयोजना हुने गर्छ।