२०८२ साल मङ्सिर २४ गते मङ्गलबार

मुल्य सुची सहित NPL सिजन २ काे टिकट बिक्री खुला

काठमाडौं, २७ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १ गतेदेखि शुरु हुने नेपाल प्रिमियर लिग (NPL) काे दोस्रो संस्करणकाे टिकट बिक्री खुला गरेको छ । संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै टिकट मूल्य दर सार्वजनिक गरेको हो ।

क्यानका अनुसार उद्घाटन दिन र शनिबारका खेलकाे साधारण टिकट मूल्य रु. ५०० र प्रिमियम टिकट रु. १५०० तोकिएको छ । यस्तै, हप्ताको अन्य दिनका खेलका लागि साधारण टिकट रु. ५०० र प्रिमियम टिकट रु. १००० पर्नेछ ।

अन्तिम चरणका प्लेअफ र फाइनल खेलका लागि भने साधारण टिकट रु. १००० र प्रिमियम टिकट रु. २००० कायम गरिएको छ । संघले साथै सिजन पासको मूल्य रु. १५,००० निर्धारण गरेको जनाएको छ ।

टिकट बिक्रीका लागि Khalti by IME लाई अधिकृत टिकट पार्टनरको रूपमा तोकिएको क्यानले जनाएको छ । दर्शकहरूले उक्त एपमार्फत आफ्ना टिकट सहजै खरिद गर्न सक्नेछन् ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण काठमाडौंस्थित TU क्रिकेट मैदानमा मंसिर १ गतेदेखि सुरु हुने बताइएको छ ।



प्रतिक्रिया