२०८१ साल माघ ७ गते सोमबार

छिन्नमस्ताकाे बरही विद्यालायमा शिक्षकले गरे चाेरी

कृष्ण मण्डल 

राजबिराज, ५ मंसिर । गएराति सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री जनता राष्ट्रिय प्राथमिक विद्यालाय बरहीमा चाेरी भएको छ ।

चाेरी गर्नेमा विद्यालायको कार्यालय सहयोगी बिरेन्द्र कर्णकाे संलग्नतामा मंगलबार राति करिब १०/११ बजेकाे समयमा साेही विद्यालायमा कार्यरत शिक्षक सुकदेब यादबले हाजिरी रजिस्टर सहित केही कागजातहरु चाेरी गरी लगेकाे छिन्नमस्ता गाउँपालिकाकाे प्रवक्ता एंवम वडा नम्बर १ काे वडाअध्यक्ष समेत रहेका ललन कुमार यादवले जानकारी दिनुभयो ।

गाउँपालिकाकाे वडा नम्बर १, २ र ६ मा रहेको  विद्यालायहरुमा शिक्षकहरु अनुपस्थित रहेकाे विषय सामाजिक सञ्जाल फेसबुकमा छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादवले मंगलबार लेखेकै दिनकाे राती चाेरी गरेको हाे ।

विद्यालाय कहिले नजाने शिक्षक सुकदेव यादवकाे हाजिरी अरु शिक्षकले नै गर्दै आएको कुरा बाहिर आए पछि गएराती चाेरी गरेको कार्यालय सहयोगी कर्णले प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी सप्तरीका डिएसपीले जानकारी दिनुभयाे ।

चाेरीमा संलग्न रहेको कार्यालय सहयोगी कर्णलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे छ भने शिक्षक यादव हाल सम्म फरार रहेको प्रहरीले जानकारी गराएको छ ।

त्यसैगरी वडा नम्वर ६ स्थित रहेको रा. प्रा वि खुदिबखारीमा चाेर बाटाे बाट दुई जना बालबिकास शिक्षक न्युक्त गरिएको जसमा साेही शिक्षक यादवकी छाेरी समेत रहेको विषयलाई लिएर अहिले गाउँपालिकामा नै जनप्रतिनिधिहरु बिच विवाद रहदै आएको छ ।

त्यसैगरी मावि सखडामा प्रधानाध्यापक, दरबन्दी मिलान, विद्यालायकाे आम्दानी र खातामा रहेको रकम समेतलाई लिएर अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया