२०८१ साल मङ्सिर २१ गते शुक्रबार

मंसिर १६ मा सप्तरीकाे दुई वडामा उपनिर्वाचन हुँदै

राजबिराज, २७ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । 

नगरपालिकाको वडा नम्बर १ र ४ का वडाअध्यक्षको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हाे । निर्वाचन हुन लागेको ती दुबै वडाकाे पदमा यस अघी काँग्रेसबाट क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी उपनिर्वाचन हुन लागेको हो । 

यसअघि दुबै वडामा काँग्रेसले जितेकाले यसलाई निरन्तरता दिनु पर्ने काँग्रेसमाथी चर्काे दवाब रहेपनि उक्त पद जितन कम्मर कसेर लागिपरेको नेपाली काँग्रेस डाक्नेश्वरी नगरपालिका नगर समितिका सभापती नारायण यादवले बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापती रामदेव साहले पहिल्यै जितेका ठाउँ भएकाले आफुहरुका लागी यो उपनिर्वाचन निकै महत्वपूर्ण भएको बताए । 

मंसिर १६ गते हुने उपनिर्वाचनका लागी निर्वाचन कार्यालयले मंसिर २ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यतालिका सार्वजनिक गरेकाले दलहरु अहिले उम्मेदवार छान्न र आ–आफ्नो पक्षमा माहौल बनाउन ब्यस्त भएका छन । 

नेपाली काँग्रेसले वडा नं १ बाट हालसम्म नाम टुंङ्गो नलागेको र वडा नं ४ बाट जोेगेन्द्र रायलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापती साहले बताएका छन ।

यस्तै एमालेले पनि वडा नं. १ बाट नाम टुङ्गो नलगाएको गरस्तथा वडा न ४ बाट संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताए । लोसपाले भने वडा न १ मा राम अधिन सन्त र वडा न ४ मा अरविन्द कुमार रायलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिए । जनमत पार्टीले वडा नं ४ बाट उदय नारायण पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्र्चाज रामगमन साहले बताए । वडा नं १ मा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहको उनको भनाई छ । नेकपा माओवादी केन्द्रले वडा न १ बाट संतोष पन्त र वडा न ४ बाट विन्दा रामलाई उम्मेदवार बनाएको नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य अशोक कुमार मण्डलले जानकारी दिए । 

यहाँ नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, आम जनता पार्टी (आजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) लगायतलका दलहरुले पनि उम्मेदवारी दिने भन्दै कार्यकर्ताहरुको भावना बुझने र आ–आफनो तर्फबाट वडा अध्यक्षका सम्भावित उम्मेदवारहरुको सम्बन्धमा गन्थनमन्थन गर्ने कामलाई तिव्रता प्रदान गरेका छन । 

उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । मंसिर १६ गते आईतवार विहान ७ बजेदेखी अपराह्न ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

यता जिल्ला प्रहरी कार्यालय सप्तरीले उपनिर्वाचन भयरहित वातावरण तथा शान्तिपुर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्धबारे तयारी गरिरहेको जनाएको छ । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालले उपनिर्वाचनमा सुरक्षा चुनौती, आवश्यक प्रहरी जनशक्ती, मतदान केन्द्र र मतदान स्थललाई विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको बताए । 

प्रतिक्रिया