२०८२ साल असार २८ गते शनिवार

सप्तरीका अधुरा सडक छिटो सक्न प्रजिअकाे कडा निर्देशन

कृष्ण मण्डल 
राजबिराज , ४ असार । सप्तरी जिल्लाभित्र विभिन्न स्थानमा निर्माणाधीन सडक तथा भौतिक संरचनाका काम लामो समयदेखि अलपत्र परेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सर्वदलीय बैठक बसेको छ । 
बुधबार आयोजित बैठकमा सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधि, डिभिजन सडक कार्यालयका प्रमुख, राजनीति दलका प्रतिनिधि, सुरक्षा दलका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायहरू समलित बैठक बसेकाे हाे ।

प्रजिअ दाहालको अध्यक्षतामा सम्पन्न बैठकले कुल ९ बुँदे निर्णय गर्दै काममा लापरवाही देखाएका निर्माण कम्पनीलाई कडा निर्देशन दिएको छ। बैठकले हुलाकी सडक योजनाअन्तर्गत कंचनपुर–हनुमाननगर खण्डको राजविराज–भुतहाही खोलासम्मको सडक खण्ड, महेन्द्र राजमार्गकाे कामला- कञ्चनपुर खण्ड अन्तर्गत  कञ्चनपुरदेखि कुशाहा खण्ड, रुपनी- राजबिराज, राजविराज–सखडा, राजबिराज-हनुमाननगर-भारदह सडक, तथा डुबान प्रभावित क्षेत्रका अन्य अधुरा सडक तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ।

निर्णयअनुसार तीन दिनभित्र सबै सम्बन्धित निकायले निर्माण प्रगतिको प्रतिवेदनसहित स्पष्ट कार्ययोजना (Action Plan) जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ। त्यस्तै, निर्माण व्यवसायी र आयोजनाका प्रमुखलाई उपस्थित नगराएको खण्डमा तीन दिनभित्र जवाफसहित स्पष्टिकरण मागिने भएको छ।

प्रजिअ दाहालले विकासका नाममा लामो समयदेखि लम्ब्याइएका योजना अब सह्य नहुने चेतावनी दिँदै, यदि तोकिएको समयसीमाभित्र काम सम्पन्न नभए कडा कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

प्रतिक्रिया