२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

मधेस सरकारले ल्याए आव ०८२/८३ काे नीति तथा कार्यक्रम

जनकपुर , २३ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेकी हुन् । 


प्रदेश प्रमुख भण्डारीले सदनमा प्रस्तुत गरेकी कार्यक्रममा आर्थिक सुधार, रोजगारी सिर्जनाको प्रोत्साहन, कृषिको आधुनिकीकरण, शिक्षामा विकास र पूर्वाधार विकासमा प्राथमिकता दिइएको छ । 

‘आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी’ मूल नारासहित प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेकी आगामी आर्थिक वर्ष ०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ । 

वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई लक्षित गरी अझ मधेसको सान, स्थानीय मखान, आँपको बगैँचा, मधेसको समृद्धि, खेत–खेतमा पानी,घरघरमा खाद्यान्नसहित आम्दानी, किसानको बार स्वयंसेवकको छहारीसहितका नारासहित बनाइएका नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ । 

मुख्यमन्त्री सतिस सिंहले प्रदेश प्रमुख भण्डारीलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया