२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

बिटोरी जग्गामा आफु दोषी भए राजनीतिबाट संयास लिने राजबिराजका पुर्व मेयर शम्भु

राजबिराज, २२ फाल्गुन । राजबिराजको बिरोटी जग्गा औझेलमा पार्नुमा मेरो कुनै हाथ नरहको पुर्व मेयर शम्भु प्रसाद यादवले एक पत्रकार सम्मेलन गरी जानकारी गराउँदै यदि आफु दोषी देखिए राजनीतिबाट संयास लिने बताएका छन ।



केही दिन देखी आफू विरुध गलत र भ्रामक कुराहरु समाजिक सञ्जाल सहित नगरपालिकाको सवदलीय बैठकमा समेत कुरा उठिरहदाँ उक्त कुराको भ्रम चिरण आफुले आज वाध्य भएर पत्रकार सम्मेलन गरी जानकारी गराउन अगसर भएको पुर्व मेयर यादवले जानकारी गराएका हुन ।


विहिबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा पत्रकार सम्मेलन गरी यस्तो कुरा बताउदै यदि आफु राजबिराजको मेयर भइरहदाँ बिटोरी जग्गाको समस्या हल गर्ने तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगेको बताए । र पनि आफु विरुध गलत अफवाह केहि दल र केही व्यक्तिहरुले फेलाइरहेको कुरा ओल्याउदैँ यदि आफु मेयर भइरहदाँ बिटोरी सम्बन्धि समस्या हल नगरी ओझैलमा पार्ने काम भएको प्रमाणित भए आजकै दिन देखी राजनीतिबाट सन्यास समेत लिने कुरा बताए । नभए आफनो कार्यकालको सबै निर्णयहरु अहिले पनि सुरक्षित होलान त्यो हेरै पुग्छ बताए । बरु राजविराजको बिटोरी जग्गा विवाद समाधान गर्ने आफुलाई जे गर्नु पर्छ त्यो गर्ने २४ घण्टै तयार रहेको समेत बताए ।


बिटोरी जग्गा विवाद राजबिराज नगरपालिकाको मात्रै नभई पुरै देशको समस्या रहको पनि बताए । साथै यो समस्या निमत्तिनुको कारण स्थानीय सरकार नभई अनलाई दर्ता प्रणाली रहेको र उक्त समस्या हल गर्ने पनि अहिलेको विधेयकको लागु् गर्नु जरुरी रहेको बताए । करिब ६८ विगहा बिटोरी जग्गामा करिब ५ हजार २ सय ३३ परिवार प्रत्यक्ष सम्लगन रहेको छ ।

प्रतिक्रिया