राजविराज, १० माघ । मधेशी अधिकारका लागी संगठित अभियानको सूरुवात र नेतृत्व गरेका नेता गजेन्द्रनारायण सिंहको राजनितिक योगदानको सम्झना गर्दै विहीवार उनको २४ औं स्मृती दिवस मनाइएको छ ।
राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति पार्टीको अगुवाईमा विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्मृती दिवस मनाइएको हो । उक्त अवसरमा राष्ट्रिय मुक्ती पार्टीका साथै जसपा, लोसपा र जनमत पार्टीका नेता कार्यकर्ताले स्थानीय गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अपर्ण गरेका छन ।
विहीवार नै राष्ट्रिय मुक्ती पार्टी सप्तरीले उधोग बाणिज्य संघको सभाकक्षमा “ गजेन्द्रनारायण सिहंको चिन्तन र मधेशको भावी कार्यदिशा” विषयक विचार गोष्ठी कार्यक्रमको आयोजना समेत गरेको छ ।
राष्ट्रिय मुृक्ती पार्टी सप्तरीका संयोजक दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीमा राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, गजेन्द्र कुमार सिंह यादव, राजनारायण साह, केशव शर्मा, ज्योतिष मिश्रा, सैसव मिश्रा, जसपा नेता विकास तिवारी, किशोर यादव केसी, विद्यार्थी नेता शम्भु यादव, सुमन चौधरी, रामविलास साह लगायतले स्व. गजेन्द्रनारायण सिंहको राजनितिक योगदानको चर्चा गर्दै उनकै विचार र चिन्तनको जगमा मधेशवादी दलहरु मिलेर अघि बढनु पर्नेमा जोड दिएका थिए ।