राजबिराज, २८ कार्तिक । प्रतिगामी षडयन्त्रविरुद्ध भाेली राजबिराजमा नेकपा एमालेले बृहत् जनप्रदर्शन गर्ने भएको छ ।
जनप्रदर्शनलाइ सफल बनाउ भाेली अर्थात कार्तिक २९ गते ११:३० बजे पार्टी कार्यालय बाट हजारौंको संख्यामा सप्तरी सदरमुकाम राजबिराजमा माेटरसाईकिल र्यालीकाे निकालिने नेपाल कम्युनिस्ट पार्टी (एमाले) सप्तरीका प्रवक्ता एवम् उपसचिव दुर्गानन्द ठाकुरले जानकारी दिनुभयो ।
उक्त जनप्रदर्शनमा प्रतिगामी षडयन्त्र मुर्दावाद, विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर, २३ र २४ को अपराधिक घटनाको निस्पक्ष छानबिन गर, तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर, हत्या, हिंसा, आतंक बन्द गर, नेकपा (एमाले) जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतको नाराहरु लगाइने ठाकुरले जानकारी दिनुभयो ।
पार्टीले सबै कार्यकर्ता, समर्थक तथा लोकतन्त्रप्रेमी नागरिकलाई निर्धारित दिन व्यापक सहभागितासहित कार्यक्रमलाई सफल बनाउन सार्वजनिक रुपमा नै आह्वान समेत गरेको छ।