नवलपरासी, ५ असार । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — हालको निरन्तर वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत विनयी खोलामा पानीको सतह अत्यधिक बढेपछि सवारी आवागमन अवरुद्ध भएको छ।
वर्षाका कारण उक्त सडकखण्डका विभिन्न भागहरूमा सडक भासिनुका साथै पहिरोले सडक ढलेको र कच्ची भागहरू चिप्लो भएर सवारी साधन फसेको प्रहरीले जनाएको छ।
यसले गर्दा यात्रु र सर्वसाधारणको आवागमन प्रभावित भएको हुँदा जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा सम्भव भएसम्म रोक्न अनुरोध गरेको छ।
प्रहरीले सुझाएको वैकल्पिक मार्गहरू यस्ता छन्:
१. पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनको हकमा: नारायणगढ – मुग्लिङ – पोखरा – स्याङ्जा – बुटवल हुँदै गन्तव्य स्थान
२. काठमाण्डौबाट पश्चिमतर्फ जाने सवारी साधनको हकमा: मुग्लिङ – पोखरा – स्याङ्जा – बुटवल हुँदै गन्तव्य स्थान
३. पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनको हकमा: बुटवल – स्याङ्जा – पोखरा – मुग्लिङ हुँदै गन्तव्य स्थान
४. सानातिना सवारी साधनका लागि: गैंडाकोट, पिपलटारी सडक खण्ड हुँदै वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिने प्रेस विज्ञप्तिमा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त सूचना जारी गरिएको र सम्भव भएसम्म सुरक्षित र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।