२०८२ साल असार ९ गते सोमबार

अनियन्त्रीत भई ट्याक्टर पल्टिँदा चालककाे मृत्यु

इन्द्रदेव यादव

कबिलासा, ३० बैशाख । सप्तरीकाे बिष्णुपुर गाउँपालिका १ खुरुहुरीया स्थित हुलाकी सडक खण्डमा पत्थरगाढाबाट राजबिराज तर्फ आउदै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट तल पल्टदा ट्याक्टर चालककाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाकाे डाक्नेश्वरी नगरपालिका १ कबिलासा बस्ने सिपैतलाल सन्तको छोरा बर्ष-१८ को दिपक सन्त रहेको सप्तरी प्रहरीले जनाएको छ । 

मंगलबार ट्याक्टर दुर्घटनामा घाईते भई छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भईरहेको अवस्थामा दिउँसो करिब २ बजेर ३० मिनेटमा सन्तकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सन्तकाे लाश गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजकाे शव गृहमा रहेको र ट्याक्टर प्रहरीकाे नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया