राजबिराज, २८ भदौ । सप्तरी जिल्लामा आज पनि कर्फ्यु र निषेधाज्ञा जारी नै छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, सप्तरीले शनिबार बिहानदेखि लागू हुने गरी आदेश जारी गरेको हो ।
जारी आदेशअनुसार भदौ २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ भने त्यसपछि भदौ २९ गते बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने प्रशासनले जनाएको छ । यस अवधिमा हुलदंगा, जुलुस, प्रदर्शन, सभा, बैठक तथा भिडभाड नगर्न निर्देशन दिइएको छ ।
प्रशासनले जिल्ला भित्रका उत्तरमा उदयपुर, पूर्वमा सुनसरी, दक्षिणमा भारत र पश्चिममा सिरहा सीमासम्मको क्षेत्रलाई प्रभावित क्षेत्रका रूपमा तोकेको छ ।
आदेश उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी पनि प्रमुख जिल्ला अधिकारी टुबराज पाेखरेलले दिनुभएको छ ।
काठमाडौ लगायतका सहरहरु खुकुलो हुँदा पनि सप्तरीमा अहिलेसम्म यस्तो आदेश जारी रहनुले मानिसको जिवनयापनमा असहजता भएको र गुनासो बढन थालेको छ ।