२०८२ साल मङ्सिर २४ गते मङ्गलबार

सप्तरीमा खानेपानी कार्यालयमा तालाबन्दी

राजबिराज, ३० कार्तिक । सप्तरीका युवाहरूले दरबन्दी विपरीत कर्मचारी फेरबदल गरिएको भन्दै आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेका छन्। 

जेन–जी युवाहरूको एक समुहको नेतृत्वमा गरिएको तालाबन्दीमा कार्यालय प्रमुख ८औँ तहकै हुनुपर्ने माग राखिएको छ।

८औँ तहका प्रमुखको सरुवा भएपछि ५औँ तहका कर्मचारीलाई बारम्बार निमित्त प्रमुख बनाइएकामा युवाहरूले आपत्ति जनाएको छन्। संस्थानलाई कमजोर पार्ने चलखेल भएको आरोप लगाउँदै उनीहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

युवाहरूले शुक्रबार जिल्ला प्रशासनमार्फत त्रिपुरेश्वरस्थित संस्थानलाई ज्ञापनपत्र बुझाउँदै राजाराम यादवलाई यथावत प्रमुख राख्न माग गरेका थिए।

प्रतिक्रिया