२०८३ साल ब‌ैशाख ५ गते शनिवार

जनमतमा परिवारवाद हावी प्रत्यक्ष तर्फ दाजुभाई र समानुपातिक १ नम्बरमा भाउजु

राजबिराज, २५ असोज । राजनीतिमा नातावाद, कृपावाद, जातिवाद, दर्ब्यवाद, फरियावाद लगायत परिवारवादले राजनीति पार्टीहरु भरिभराउ छन् जुन जनमत पार्टीमा पनि देखिएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागी जनमत पार्टी बाट एकै घरका साखै दाजुभाइले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन भने समानुपातिककाे १ नम्बरमा भाउजुकाे नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा सदस्यकाे लागि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)  र सप्तरी १ नम्बरमा साखै दाजु डा. जयकान्त राउतले  उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी मधेस प्रदेश सभाकाे समानुपातिक तर्फ १ नम्बरमा सिके राउत नातामा पर्ने भाउजू बबिताकुमारी राउत ईशरकाे नाम सिफारिस गरेको छ । हुन त बबिता कुमारी राउत ईशर जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष समेत हुन र पार्टीमा शुरुआत देखि ने लागेको पनि देखिन्छ ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पहिलोपटक भाग लिन लागेका जनमत पार्टी भारतमा गान्धी र नेपालमा कोइराला परिवारकाे माेडालिटिमा चल्न थालेको आरोप छ । 

अध्यक्ष सिके राउतकाे यस्तो कदमले जनमत  पार्टी नै धरासाहीमा पर्ने संकेतकाे चर्चा परिचर्चा हुन थालेको छ ।

प्रतिक्रिया