राजविराज, ३ मंसिर । अपांगता तथा लैंगिक हिंसामा परेका महिला, किशोरी र किशोरलाई न्यायमा पहुँच दिलाउन सप्तरीमा विशेष अभियान सुरु गरिएको छ।
सीबिएम, मुक्ती नेपाल र नेपाल अपांग महिला संघद्वारा छिन्नमस्तामा आयोजित परिचयात्मक कार्यक्रममा राज्य संयन्त्रलाई अधिक सक्रिय र उत्तरदायी बन्नुपर्नेमा जोर दिइयो।
मुक्ती नेपालको पहलमा राजविराज, तिलाठी–कोइलाडी, छिन्नमस्ता र महादेवा गाउँपालिकामा सचेतना, क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा न्यायिक समन्वयलाई बलियो बनाउने विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ।
मुक्ती नेपालका प्रतिनिधिहरूका अनुसार कार्यक्रमले सिमान्तकृत तथा जोखिममा परेका समूहलाई न्याय पहुँचमा ठोस परिवर्तन ल्याउने विश्वास गरिएको छ।
छिन्नमस्ता गापा उपाध्यक्ष राजुदेवी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्ष , शाखा प्रमुखहरु लगायतका व्यक्तिहरुकाे सहभागीता रहेको थियो भने कार्यक्रम सञ्चालन शान्ता सिंहले गरेकी थिईन ।