२०८३ साल ब‌ैशाख १९ गते शनिवार

सिरहा सदरमुकाममा बम विस्फोट, एक जना घाइते

सिरहा, २७ फाल्गुन । सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको मधेश ‘ल’ फर्ममा बम विस्फोट भएको छ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो करिब ४ बजे भएको विस्फोटमा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सुतली बम भएको अनुमान गरिएको छ। घटनास्थलमा सुरक्षा निकायको टोली पुगेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी पाठकले जानकारी दिएका छन्।

प्रतिक्रिया