२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

सप्तरी–४ मतगणना अपडेट : खडक–१ मा सिताराम साहको फराकिलो अग्रता

राजविराज, २२ फाल्गुन  । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना जारी रहेको छ।

खडक नगरपालिका वडा नम्बर १ को मतगणनाअनुसार दिउँसो १:१५ बजेसम्म १ हजार ५ सय ५६ मत गणना गरिएको छ।

हालसम्मको नतिजाअनुसार घण्टी चुनाव चिन्हका उम्मेदवार सिताराम साह ९७५ मतसहित अग्रस्थानमा छन्।

त्यसैगरी छाता चुनाव चिन्हका डा. बाबी सिंहले २४२ मत, नेपाली कांग्रेसका तेजुला चौधरीले १७६ मत, सूर्य चिन्हका गंगा चौधरीले ९१ मत, तारा चिन्हकी रुबि कर्णले २९ मत र हर्न चिन्हका जितेन्द्र साहले १७ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया