चन्दनकुमार यादब
राजबिराज, ११ असार । राजबिराजमा संचालित राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग टि ट्वान्टी क्रिकेट प्रतियाेगिताकाे उदघाटन खेलमा
राजबिराज राेयल्स बिजयी भएकाे छ।
राजबिराज राेयल्सले खडक क्युईनसलाई ६४ रनले पराजित गर्दै बिजयी भएकाे हाे।
राजबिराजका अपसरी बेगनकाे शतकी पारी खेलेपछि राजबिराज राेयल्सले २० अाेभरमा ४ बिकेेट गुमाएर १ सय ७८ रनकाे बिशाल याेगफल खडा गरेका थिए।
बुधवार पविमाबि राजबिराजकाे खेलमैदानमा टस जितेर राजबिराज राेयल्सका अाेपनिंग गर्न अाएकी अपसरी बेगनले ६६ बलमा १६ चाैका र ३ छक्काकाे मदतले १ सय ९ रन बनाउदै अविजित खेलपछि ठुलाे स्काेर बनाएका थिए।
यसैगरी टिमका अर्का ब्याटर साक्षी यादबले ४१ रन बनाएका थिए।
बलिंग तर्फ खडक क्युईनसका भुमी सिँह २ बिकेट तथा माेनिका साह र टिका साहले १/१ बिकेट हात पारेका थिए।
प्रतिउतरमा १ सय ७९ रनकाे लक्ष्य लिएका खडकले ६ बिकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सकेका थिए।
जसमा ममता चाैधरीले ४८ रन, माेनिका साह र टीका साहले १३/ १३ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दाेहाेराे स्काेर गर्न सकेन।
बलिंग तर्फ राजबिराज राेयल्सका प्रतिमा साह र अपेक्षा यादबले २/२ बिकेट तथा साक्षी र अपसरी बेगनले समान्य १/१ बिकेट लिएका थिए।
खेलकाे प्लेयर अफ दि म्याच राजबिराज राेयल्सका अपसरी बेगन घाेषित भएकाे छ।
सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुष श्रेष्ठकाे अध्यक्षतामा अायाेजित मेयर कप सप्तरी महिला प्राईड लिग क्रिकेट प्रतियाेगिताकाे राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, मधेश प्रदेश क्रिकेट सँघका अध्यक्ष सुनिल महासेठले संयुक्त रूपमा ब्याटिंग र बलिंग गर्दै खेलकाे उदघाटन गरेकाे सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए।
राजबिराज नगरपालिका, सप्तरी क्रिकेट सँघ, सेभद चिल्ड्रेन, सबल नेपाल, मधेश प्रदेश क्रिकेट सँघ, एससिसी फाउण्डेशन, डब्लुएचएच काे सहयाेग र सहकार्यमा प्रतियाेगिताकाे अायाेजना गरिएकाे प्रतियाेगिता संयाेजक राेशन मण्डलले जानकारी दिए।
भाेलीकाे खेल खडक क्युईनस र सुरूगां सरभाईबल्स बिच बिहान ९ बजे देखि हुने अायाेजकले जनाएकाे छ।