२०८३ साल ब‌ैशाख १७ गते बिहिबार

आमा-छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी तनावग्रस्त

इटहरी, १९ असार । आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ।

केहीबेर अघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ। 

दुर्घटनामा एक जनाको मृत्यु भएको स्थानीयबासीले बताएका छन्। तर, प्रहरीले भने घटनाबारे केही बताएको छैन।

कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका छन्। स्थानीयबासीले टिपर तोडफोड गरेका छन्। 

प्रतिक्रिया