२०८३ साल ब‌ैशाख ५ गते शनिवार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध

काठमाडौं, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संघीय संसदीय दलको नेतामा प्रतिनिधिसभा सदस्य रामबहादुर थापा निर्विरोध चयन भएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न चयन प्रक्रियामा नेता पदका लागि थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

एमाले संसदीय दलको विधान २०७७ को दफा ६ अनुसार भएको प्रक्रिया अन्तर्गत मतदान अधिकृत निरज आचार्य ले औपचारिक घोषणा गरेका हुन्।

कार्यक्रममा दलका सदस्यहरू सुहाङ्ग नेम्वाङ, डा. भीष्म अधिकारी र राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया