२०८३ साल ब‌ैशाख ५ गते शनिवार

दाङमा एमालेको झण्डा जलाउने आरोपमा एक पक्राउ, दुई फरार

दाङ, ८ फागुन । दाङको तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को झण्डा जलाउने घटनामा प्रहरीले ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको छ।

झण्डा जलाउने अन्य दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीबार तुलसीपुरको विरेन्द्र चोकमा राष्ट्रिय सामाजिकवादी पार्टी (रास्वपा) समर्थकहरूको भेलामा केही व्यक्तिले एमालेविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका थिए।

रास्वपाले घटनामा आफ्नो संलग्नता नभएको स्पष्ट गर्दै दोषीलाई छानबिनको दायरामा ल्याउन आग्रह गरेको छ। रास्वपा सभापति रवि लामिछानेले झण्डा जलाउने घटना पार्टीको चरित्रसँग मेल नखाने बताएका छन्।

तर, एमालेले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। प्रहरीले नायब उपरीक्षक रेशम बोहराको नेतृत्वमा बस्नेतलाई नियन्त्रणमा राखी थप अनुसन्धान गर्दैछ।



प्रतिक्रिया