२०८३ साल ब‌ैशाख ५ गते शनिवार

एमाले बैठकका ६ निर्णय सार्वजनिक

काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकले ६ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बैठक कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको थियो।

बैठकले संसदीय दलको नेता चयनदेखि समसामयिक राजनीतिक विषयहरूसम्म विभिन्न निर्णय गरेको जनाएको छ।

प्रमुख निर्णयहरू

१. संसदीय दलको नेता चयन पार्टीले प्रजातान्त्रिक प्रक्रियाअनुसार संसदीय दलको नेता चयन गरिएको स्पष्ट पार्दै यसमा कुनै बाह्य हस्तक्षेप नभएको दाबी गरेको छ।

२. विवादित अभिव्यक्ति सच्याइयो अध्यक्ष बादलले संसदमा दिएका अभिव्यक्तिप्रति पार्टीले समीक्षा गर्दै नेपाली सेना, निजामती प्रशासन लगायत संवैधानिक निकायप्रति पार्टीको सम्मान यथावत रहेको स्पष्ट पारेको छ।

३. साइबर आक्रमणको निन्दा नेता तथा कार्यकर्तामाथि भइरहेका साइबर आक्रमणको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

४. विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोध सरकारले विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसप्रति कडा आपत्ति जनाइएको छ।

५. सरकारी विज्ञापन नीतिको विरोध सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र दिने निर्णयले प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ।

६. वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा पश्चिम एसियामा जारी द्वन्द्वका कारण जोखिममा रहेका नेपालीहरूको उद्धार तथा सुरक्षाका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरिएको छ।

प्रतिक्रिया