राजविराज, २२ फाल्गुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
मतगणनाको पहिलो चरणमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ र २ का मतपेटिका खोलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राजविराजस्थित तोकिएको मतगणना स्थलमा राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितिमा मतगणना भइरहेको छ।
प्रारम्भिक नतिजा केहीबेरमै सार्वजनिक हुने जनाइएको छ।