२०८३ साल ब‌ैशाख ५ गते शनिवार

मधेशका सांसदसँग छलफलमा प्रधानमन्त्री बालेन

काठमाडौं, १८ चैत । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेश प्रदेशबाट निर्वाचित संघीय सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवासमा भएको छलफलमा मधेश प्रदेशका समसामयिक राजनीतिक अवस्था, विकास निर्माणका प्राथमिकता तथा नागरिकका आधारभूत समस्याहरूको समाधानका विषयमा विस्तृत कुराकानी भएको बताइएको छ। सहभागी सांसदहरूले मधेश क्षेत्रमा देखिएका पूर्वाधार अभाव, शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि क्षेत्रका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ले मधेश प्रदेशको समग्र विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक नीति तथा कार्यक्रममार्फत समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


बैठकमा सहभागी सांसदहरूले सरकारसँग समन्वय गर्दै क्षेत्रीय विकासलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया