२०८३ साल ब‌ैशाख ५ गते शनिवार

विज्ञापन रोकेर प्रेसमाथि हमला, महासंघको देशव्यापी आन्दोलनको चेतावनी

राजविराज, १९ चैत – दुई तिहाइ बहुमतको आडमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सीधा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ ले निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोक्ने निर्णयलाई “प्रेसमाथि योजनाबद्ध आक्रमण” भन्दै घोर भर्त्सना गरेको छ।

महासंघकी अध्यक्ष निर्मला शर्मा ले फेसबुकमा कडा अभिव्यक्तिमा सरकारको कदमलाई “लोकतन्त्रलाई कमजोर बनाउने खतरनाक षड्यन्त्र”को संज्ञा दिँदै प्रेसलाई आर्थिक रूपमा निस्तेज पारेर नियन्त्रणमा राख्ने प्रयास भएको आरोप लगाएकी छन्।

“निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोकेर प्रहार गरिएको छ। हामीसँग सामान्य छलफलसमेत नगरी गरिएको यस्तो एकतर्फी निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने स्पष्ट संकेत हो,” उनले भनिन्।

महासंघले सरकारलाई तत्काल निर्णय फिर्ता लिन कडा अल्टिमेटम दिँदै अन्यथा देशव्यापी सशक्त आन्दोलन, विरोध प्रदर्शन र चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।




प्रतिक्रिया