२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

सप्तरी–३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार जायनरायण मण्डल सक्रिय चुनावी अभियानमा

राजविराज, ५ फाल्गुन – आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत श्रम संस्कृति पार्टीका उम्मेदवार जायनरायण मण्डलले सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियान तीव्र रूपमा सुरु गरेका छन्।

उनले श्रमिक, किसान, युवा र विपन्न वर्गका हक–अधिकार सुनिश्चित गर्दै क्षेत्रलाई समृद्ध बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार मण्डलले आफ्नो अभियानको मुख्य एजेन्डा श्रमको सम्मान, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार सुधार अन्तर्गत स्थानीय नदीमा पुल निर्माण, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने रहेको बताए। साथै, स्थानीय स्तरमै उद्योग स्थापना, सीपमूलक तालिम र स्वरोजगार कार्यक्रममार्फत युवालाई वैदेशिक रोजगारीमा जान बाध्य पार्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य पनि उनले प्रस्तुत गरे।


कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै किसानलाई अनुदानमा मल, बीउ र सिंचाइ सुविधा उपलब्ध गराउने र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिवद्धता मण्डलले व्यक्त गरे। क्षेत्रका सबै गाउँलाई कालोपत्रे सडक सञ्जालसँग जोड्ने, प्रत्येक पालिकामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने तथा गरीब, दलित र श्रमिक परिवारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले अघि सारे।

उम्मेदवार मण्डलले भ्रष्टाचारमुक्त, पारदर्शी प्रशासन, सामाजिक न्याय र समावेशी विकासलाई प्रमुख एजेन्डा बनाएको बताए। उनले आफू जनताको सेवकका रूपमा इमानदारीपूर्वक काम गर्दै सप्तरी–३ लाई श्रम, उत्पादन र अवसरको केन्द्र बनाउने लक्ष्य राखेको पनि स्पष्ट पारे।



प्रतिक्रिया