२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

छिन्नमस्ता १ मा माऔवादी केन्द्रको प्यानल विजय

सखडा,सप्तरी, २ जेठ ।

सप्तरीको छिन्नमस्ता गाँउपालिका वडा नम्वर १ मा वडा अध्यक्ष सहित नेपाल कम्युनिष्ट पार्टी माऔवादी केन्द्रको सम्पुणर् प्यानल विजय भएको छ ।

माऔवादी केन्द्रको तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका ललन प्रसाद यादवले ६ सय ८३ मत ल्याएर विजय भएको छ भने उनका निकटतम प्रतिद्धन्दी लोसपाका हरिकिसुन रायले ५ सय १० मत ल्याएका छन ।

त्यसैगरी माऔवादी केन्द्रको तर्फबाट महिला सदस्यमा सुलेखा देवी रायले ५ सय ३९, दलित महिला सदस्यमा पुनिता देवी रामले ५ सय ४९, खुल्ला सदस्य १ मा विन्देश्वर सुतिहारले ५ सय ४७ र खुल्ला सदस्य २ मा गुलटेन यादवले ५ सय ५५ मत ल्याएर विजय भएकाे छिन्नमस्तामा खटिएका निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन ।

२ हजार ७ सय ३३ मतदाता रहेको वडा नम्वर १ मा २ हजार १ सय ८६ मतमात्र खसेका थिए ।

प्रतिक्रिया