प्रतिशोधको भावना त्यागौ ।
दुवै पुस्ता एक जुट भएर लागौ ।
जनयुद्धका घाउ,
नाकाबन्दीका पीडा,
भूकम्पका चिरा,
कोभिडको अन्धकार,
जेन्जी दुर्घटनाको चीत्कार।
यी सबै
इतिहासका अध्याय मात्र होइनन।
राष्ट्रिय चेतनामा टाँसिएका अमिट घाउहरु हुन।
यी कहिले भरिएलान…!
अहँकारीको अँहकारले देश डुव्यो,
वेतिथी र भ्रष्टाचारले देश लुट्यो ।
भुकम्प ,नाकाबन्दी र कोभिडले
देश उठाउन नपाउदै,
जेन्जी आन्दोलनले फेरी पछार्यो।
देश आंतकित छ।
अवस्था निराशाजनक,
भ्रष्टाचार वेतिथी र गरिवी,
अनी जन्ता असुरक्षाको चपेटामा।
कहिले मेरो देशले,
पाउने सुरक्षा,शान्ति र समृद्धि ….!
आदरणीय राजनीतिक अभिभावक ज्युहरु,
सम्माननीय अग्रजहरु,
आत्मालोचना गर्नुस।
आफ्ना गल्ती स्वीकार गर्दै,
सच्चिने साहस गर्नुस।
अब दिशा बदल्नुस।
आफ्ना शैली बदल्नुस।
युवा पुस्तालाई हेर्ने नजरिया बदल्नुस।
गर्ने व्यवहार बदल्नुस।
प्रिय युवा,
तपाईहरु धैर्य गर्नुस।
अनुभव वटुल्नुस।
सक्षम हुनुस,
एकता जुटाउनुस।
समझदारीमा आउनुस।
जिम्मेवारी लिनुस।
र परेको चुनौती सामना गर्नुस।
जे भयो,
अकल्पनीय भयो।
पाठ सिक्नुस।
विचार गर्नुस।
अघी वढनुस।
अग्रजलाई अपमान होइन,
सम्मान गर्नुस।
उहाँहरुको बहादुरी, बलिदान ,
र योगदानलाई आत्मसाथ गर्नुस।
यस वडादशैंमा,
मनको महिसासुरलाई ,
दुबै पुस्ताले मार गीराउनुस।
अहंकार, अविश्वास र असमझदारीको अन्त्य गर्नुस।
नयाँ ऊर्जा सबैतिर छाओस।
दुबै पुस्ताबीच भरोसा र सहकार्यको जग बसोस।
मेरो देशको जय होस।
जन्ताको जय होस।
विजया दशमीको हार्दिक शुभकामना!!