२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

छिन्नमस्तामा अहिले महिला र दलित वा अल्पसङ्ख्यक सदस्य पदका लागि निर्वाचन हुँदै

 सखडा, सप्तरी १८ जेठ । सप्तरीको  छिन्नमस्ता गाउँपालिकामा आज (बुधबार) महिला र दलित वा अल्पसङ्ख्यक सदस्य पदका लागि निर्वाचन भइरहेको छ ।

पुर्व निर्धारित समय अनुसार नै आज बिहान १० बजे देखि २ बजे सम्म मतदान हुने निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन ।

७ वटा वडा रहेको छिन्नमस्तामा लाैसपा बाट गाँउपालिका अध्यक्षमा विधयान्नद चाैधरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजुदेवी यादव सहित २ वटा वडा अध्यक्ष, नेकपा एमालेकाे २ वटा वडा अध्यक्ष, जसपाकाे १ जना वडा अध्यक्ष, जनमतको १ जना वडा अध्यक्ष, नेकपा समाजवादीकाे १ जना वडा अध्यक्ष निर्वाचित भएका छन । 

प्रतिक्रिया