२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सप्तरी–३: एमालेका तारकान्त चौधरी घरदैलो अभियानमा व्यस्त

राजबिराज, १७ फाल्गुन – सप्तरी–३ निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तारकान्त चौधरी प्रचारको अन्तिम चरणमा घरदैलो अभियानमा व्यस्त देखिएका छन्।

२०७० सालमा निर्वाचित भइसकेका चौधरीले यसपटक पनि आफ्नो विगतको उपलब्धि दोहोर्याउने लक्ष्य राखेका छन्। उनले शम्भुनाथमा ६ वटा पुल, डाक्नेश्वरीमा २ वटा पुल र पातो–डाक्नेश्वरी सडकमा कालोपत्रे जस्ता पूर्वाधार निर्माण गरेका प्रमाण प्रस्तुत गर्दै विकासको निरन्तरता आवश्यक रहेको बताएका छन्।


कृषि प्रधान सप्तरीमा किसानलाई प्राथमिकतामा राख्दै चौधरी मलखाद, बिउँबिजन, सिँचाइ सुविधा र उत्पादन बढाउने योजनामा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र रोजगारीलगायतका क्षेत्रमा पनि काम गर्ने योजना उनले अघि सारेका छन्।


सप्तरी–३ मा करिब १ लाख ११ हजार बढी मतदाता छन् र यहाँ २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। चर्किंदै गएको चुनावी माहोलमा चौधरी पुनः निर्वाचित हुनेमा आत्मविश्वासी देखिएका छन्।



प्रतिक्रिया