कृष्ण मण्डल
राजबिराज , ५ चैत । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन बाट नयाँ नेतृत्व चयनका लागि मतदान भईरहदाँ रहेको मतदानमा ४२ प्रतिशत मतदान भएको छ ।
दिउँसो ३ बजे सम्ममा ११८४ विद्यार्थीले मतदान गरिसकेको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिनुभयो ।
६ वटा मतदान केन्द्रमा १२ वटा बुथमा शान्तिपूर्ण रुपमा विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत यादवले जानकारी बताउनुभयो ।
निर्वाचन अधिकृत यादवका अनुसार कूल ३०१२ मतदाता रहेकोमा दोह्ररिएको नामहरु हटाउँदा २७३१ मतदाता कायम भएको छ । यसमा महिलातर्फ ५६२ र पुरुषतर्फ ६२२ जनाले मतदान गरेका छन् ।