२०८३ साल ब‌ैशाख ८ गते मङ्गलबार

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचार मुद्धामा सफाइ

काठमाडौं, १५ फाल्गुन – भारतको अदालतले दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई भ्रष्टाचार मुद्धामा सफाइ दिएको छ।

आम आदमी पार्टीका नेता केजरीवालमाथि सन् २०२४ को मार्चमा मदिरा सम्बन्धी नीति बनाउँदा घोटाला गरेको आरोप लागेको थियो।

अदालतले झन्डै दुई वर्षको न्यायिक प्रक्रियापछि केजरीवालसहित २३ जनालाई सफाइ दिँदै, उक्त नीतिमा षड्यन्त्र वा आपराधिक मनसाय नरहेको ठहर गरेको छ। अनुसन्धान निकायले भने केजरीवालले निजीमार्फत विक्रेतालाई अनुचित लाभ दिएको आरोपसहित मुद्दा दर्ता गरेको थियो।

फैसला सुनाउने क्रममा अदालतले अनुसन्धान प्रक्रिया कमजोर रहेको भन्दै अनुसन्धान अधिकृतमाथि छानबिन गर्न सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचारमा अदालतले अनुमानका आधारमा मुद्दा चलाइएको निष्कर्ष निकालेको उल्लेख छ।

पूर्व मुख्यमन्त्री केजरीवालले यसअघि प्रहरी र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आफूविरुद्ध षड्यन्त्र रचेको र विपक्षी नेताहरुलाई निशाना बनाएको आरोप लगाउँदै आएका थिए।

प्रतिक्रिया