जनकपुरधाम, १६ जेठ । मधेश प्रदेश सरकारको प्रवक्ता एवं गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगीहरुलाई खाना खुवाएका छन ।
तीन दिवसीय गणतन्त्र दिवस लाई उत्सवको रुपमा मनाउने क्रममा जनकपुरधाम स्थित मानव सेवा आश्रम, खुल्ला आकाशमुनी, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्दै आएकाहरुलाई मन्त्रीले खाना खुवाएकाे हाे ।
१८ औं गणतन्त्र दिवसलाई उत्सवमय बनाउने कार्यनितीका साथ मन्त्रालयले तीन दिवसिय विभिन्न कार्यक्रम हरुको आयोजना गरेको हो। जसमध्ये मधेश भवन सरसफाई,रक्तदान कार्यक्रम,प्रदेश भरीका प्रेस स्वतन्त्रता सेनानी हरुलाई अभिनन्दन सहित सम्मान,जानकी मन्दीर परिसर सरसफाई पश्चात् मानव सेवा आश्रममा भोजन बितरण गरे पश्चात गणतन्त्र दिवस विशेष कार्यक्रम सम्पन्न भएको हो।
जनकपुर स्थित मानव सेवा अश्रमका असहाय हरुलाई खाना बितरण गर्ने क्रममा गृह मन्त्री लेखिले " समाज परिवर्तन र सामाज रुपान्तरणको लागि आफ्नो बिधार्थी जिवनदेखी नै विभिन्न अभियान हरुको नेतृत्व गरेको र सप्तकोसी नगरपालिकामा आश्रम निर्माणकै लागि आफ्नो पैत्रिक सम्पती बाट दुई कट्ठा जग्गा आश्रमको लागि दानमा दिएको कुरा स्मरण गर्दै मानव सेवा आश्रमको भावना संग आफू जोडिएको जिकिर गर्नु भएको छ।